माछापुच्छ्रे बैंकको नाफा दोहोरो अंकले बढ्यो: इपिएस पनि वृद्धि, कस्ता छन् मुख्य सूचकहरु ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

माछापुच्छ्रे बैंकको नाफा दोहोरो अंकले बढ्यो: इपिएस पनि वृद्धि, कस्ता छन् मुख्य सूचकहरु ?



काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले तीन महिनामा ५४ करोड बढी खुद नाफा कमाएको छ ।

शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । पहिलो त्रैमासमा बैंकले ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने २०.१८ प्रतिशतले बढी हो ।

खुद नाफामा बढेपनि बैंकका खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३.९५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज घटेकालनै खुद नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको यस्तो चार्ज २९ करोडबाट घटेर १ करोडमा झरेको छ ।

यस्तै, बैंकको संचलान नाफा पनि २१.६५ प्रतिशतले वृद्धि भई ७८ करोड ३५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा भने २ करोड ८५ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा सामान्य (३.४५ प्रतिशतले) घटेर १ खर्ब ४८ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने ३.४४ प्रतिशतले वृद्धि भई १ खर्ब ३० अर्ब ४७ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा पनि १.२६ प्रतिशतले वृद्धि भई २.५६ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ १३ पैसाले वृद्धि भई १८ रुपैयाँ ६६ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ ७७ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्