नबिल बैंकले डेढ अर्ब खुद नाफा कमाउँदा वितरणयोग्य नाफा साढे तीन अर्ब माथि, मुख्य सूचकहरु कस्ता ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

नबिल बैंकले डेढ अर्ब खुद नाफा कमाउँदा वितरणयोग्य नाफा साढे तीन अर्ब माथि, मुख्य सूचकहरु कस्ता ?



काठमाडौं । नबिल बैंकले तीन महिनामा डेढ अर्ब नाफा कमाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पहिलो त्रैमासमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ६.५१ प्रतिशतले कमी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५७ करोड १५ लाख बढी खुद नाफा कमाएको थियो ।

तर, बैंकको खुद ब्याज आम्दानी भने दोहोरो अंकले वृद्धि भएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, बैंकको संचलान नाफा भने ४.६८ प्रतिशतको गिरावट देखिएको छ । बैंकको यस्तो नाफा २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा पनि ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ४.५४ प्रतिशतले बढेर ४ खर्ब १४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी भने ६.२७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा पनि १.३६ प्रतिशतले वृद्धि भई ३.६९ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ २९ पैसाले घटेर २१ रुपैयाँ ७२ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १५ रुपैयाँ ०१ पैसाले घटेर २१८ रुपैयाँ २७ पैसा कायम भएको छ ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने ३२ अर्ब २ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्