३१.७३ प्रतिशतले बढ्यो प्राइम बैंकको नाफा: इपिएस पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

३१.७३ प्रतिशतले बढ्यो प्राइम बैंकको नाफा: इपिएस पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ?



काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा सवा अर्ब माथि पुगेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ३१.३५ प्रतिशतले बढेर १ अर्ब १५ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने बैंकले ८७ करोड ४१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफा बढेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले वृद्धि भई १ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । चालु आवको असोज मसान्तसम्ममा बैंकको संचालन नाफा पनि ३१.३५ प्रतिशतले वृद्धि भई १ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६२ करोड ८६ लाख ५५ हजार रुपैयाँ देखिएको छ ।

यस्तै, बैंकको निक्षेप संकलन पनि दोहोरो अंकले वृद्धि भएको छ। गत वर्षको तुलनामा यो त्रैमासमा बैंकको निक्षेप १२.६० प्रतिशतले मात्रै वृद्धि भई १ खर्ब ९५ अर्ब ९९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि ६.७४ प्रतिशतले बढेर १ खर्ब ६४ अर्ब ८९ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि वृद्धि भई ३.६७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकको यस्तो कर्जा १.८० प्रतिशत मात्रै रहेको थियो ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेर २३ रुपैयाँ ७४ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ पनि १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४९ करोड २५ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा तथा कोषमा भने ९ अर्ब ४७ करोड २० लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्