एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग « Arthapath.com
१२ असार २०८२, बिहीबार

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग



काठमाडौँ । एनएमबि बैंक लिमिटेडले भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरणका लागि ५० लाख नगद सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम दिने भएको हो ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई कात्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ ।


प्रतिक्रिया दिनुहोस्