सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? « Arthapath.com
२२ कार्तिक २०८०, बुधबार

सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्