किन नबाँड्ने भयो कामना सेवा विकास बैंकले लाभांश ?

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।
कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकका अनुसार गत आवको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ ।