२०२३को अर्धवार्षिकमा एलजी ओएलईडी टिभीको नेत्तृत्व कायम
काठमाडौँ । एलजी ओएलईडी टिभीले, २०२३ को अर्धवार्षिक अवधि सम्म १३ लाख ३० हजार भन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ । जुन प्रतिस्पर्धी कम्पनीको लागि एक सपनाको रुपमा मात्र रहेको छ ।
मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको छ । परिचित ओएलईडी टिभी लिडरको रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा, ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको छ । साथै एलजीले ओएलईडी टिभीको प्रतिष्ठालाई प्रिमिएम टिभी सेगमेन्टको शिखरमा राख्न सफल भएको छ ।
एलजी यसैमा सीमित नरही १ करोड टिभि युनिटको आक्रमक बिक्री गर्न सफल भएको छ, फलस्वरुप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६.२ प्रतिशत शेयरको खुद नाफा हासिल गरेको छ । एलजीले आफ्नो प्रिमियम र अल्ट्रा–लार्ज डिस्प्लेका लागि रणनीतिक बजारीकरण सक्रियताका साथ अपनाउँदै आफ्नो भन्डारणको व्यवस्थापनलाई सुदृढ गर्दै र उच्चतम नाफाको लागि निरन्तर लागिरहेको छ र यो प्रतिबद्धताले उत्कृष्ट प्रतिफल हासिल गरिरहेको छ । कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३० प्रतिशत नाफा एलजी ओएलईडी मार्फत प्राप्त गरिरहेको छ।
२०२३को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल ९ करोड २० लाख युनिट छ, जुन गत वर्षको पहिलो अर्धवार्षिक अवधिको कारोबारसँग तुलनात्मक रुपमा समान छ । एलजी जसले ओएलईडी टिभि सेगमेन्टमा केहि वर्षदेखि नेतृत्व गर्दै आएको छ, यस वर्षको अर्धवार्षिक सम्म मात्र एलजीले २० लाख युनिट बिक्रि गरेको छ जुन बाँकी अर्धवार्षिक अवधिको लागि पनि सकारात्मक रहनेछ ।
एलजी ओएलईडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको ९.३५ हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ । ओम्डियाले ओएलईडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा २ लाख भन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३ प्रतिशत सम्म बजार ओगट्ने प्रक्षेपण गरेको छ ।
आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको एलजीले ओएलईडी टिभीहरु बिगत लामो समय देखि नेपाली बजारमा पनि उपलब्ध गराईरहेको छ । ४२इन्च देखी ८३इन्च सम्म उपलब्ध यी टिभीहरुमा अहिले चलिरहेको क्रीकेट वर्ल्ड कपको मज्जा लिन उत्कृष्ट बिकल्प रहेको कम्पनीको दाबी रहेको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।













