पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घट्यो, ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँले बृद्धि « Arthapath.com
२० माघ २०७६, सोमबार

पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घट्यो, ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँले बृद्धि



काठमाण्डौं । अन्तर्रा्ष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेसंगै नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको छ । अव ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको हो । त्यस्तै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतितलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको बताएको छ ।

पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि, २०७१’ अनुसार प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्रकाशन गर्ने गरेको छ । मूल्य समायोजनपछि भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ ।

वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्