नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश अब नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।













