७ श्रावण २०८३, बिहिबार

एन आई सी एशिया बैंकले गर्यो सरकारको कोरोना उपचार कोषमा सहयोग



काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ ।

कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तगत नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ ।

बैंकले यस अघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई रू. १५÷१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ ।

4
उक्त सहयोग रकममा बैंकको तर्फबाट रू. १० लाख र कर्मचारीको तर्फबाट रू. ५ लाख समावेश गरी रू. १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।


साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब रू. ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्