ग्लोबल आइएमई बैंकले गर्यो कल सेन्टरको सुरुवात
काठमाडौं । ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एक द्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।
ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ ।
ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन ।
ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरीग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी लीन सक्नेछन ।
बैंकले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सनकाउण्टर तथाराजश्व संकलनकाउण्टर, २१८शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।













