युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
कम्पनी हकप्रद सेयर निष्कासनका लागि नियामक निकायबाट स्वीकृति भएपछि आगामी साधारण सभामा उक्त प्रस्ताव पेश गर्नेछ । सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ ।
कम्पनीको हालको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद पछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।













