व्यवसायीलाई गभर्नर अधिकारीको प्रश्न: घाँटी नहेरी कर्जा लिने, अनि समस्यामा परियो भन्ने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा समस्या नभएको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले भने,‘बैंकिङ्ग क्षेत्रमा समस्या छैन । व्यवस्थापन गर्न सकिने अवस्था छ ।’
आर्थिक क्षेत्रमध्ये फिस्कल पोलिसिमा समस्या भएपनि अन्य क्षेत्रमा समस्या नभएको गभर्नर अधिकारीले बताए । आन्तरिक उत्पादन वृद्धि नुहँदा नै अर्थतन्त्र आयातमा निर्भर हुनुपरेको उनले बताए । ‘हाम्रो समाजमा नकारातणमक कुरा बढी बाहिर ल्याउने प्रवृती बढ्दो छ । आफ्नो काम नगर्ने, अरूले गरेको कामको ज्यादा टिप्पणी हुन्छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । आन्तरीक उत्पादन नबढ्दा नै अर्थतन्त्र इम्पोर्टमा निर्भर छ’उनले भने ।
यद्यपि, व्यक्तिगत रुपमा व्यवसायिहरुलाई समस्या परेको उनको भनाई छ । बैंकहरुले बढी ब्याज लिएको भएका तत्काल कारबाही गर्ने बताए । उनले भने,‘व्यक्तिगत रुपमा व्यवसायीहरुलाई समस्या परेको छ । आफ्नो घाँटी नहेरी कर्जा लिने अनि समस्यामा परियो भन्ने ? व्यवसायीहरु बैंकले १८ प्रतिशत ब्याज लिएको भन्नु हुन्छ, तर बैंकको स्टेटमेन्ट लिएर आउनुहोस्, हामी तत्काल कारबाही गर्छौ’