बन्दीपुर केवल कारले आइपीओ निष्कासन गर्ने, पुष १४ गते बोलायो साधारण सभा
बन्दीपुर केवल कारले आइपीओ निष्कासन गर्ने, पुष १४ गते बोलायो साधारण सभा
काठमाडौं । बन्दीपुर केवल कार एण्ड टुरिजम लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुष १४ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर ७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले बन्दीपुर परियोजना प्राङ्गणमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सभाका लागि तय गरेको छ । आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने कम्पनीको मुख्य एजेण्डा रहेको छ ।
साथै, सभाले आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।













