कामना सेवा विकास बैंकले पुष १७ गते बोलायो साधारणसभा « Arthapath.com
१९ मंसिर २०८०, मंगलवार

कामना सेवा विकास बैंकले पुष १७ गते बोलायो साधारणसभा



काठमाडौँ । कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा पुष १७ गतेका लागि बोलाएको छ । मंसिर १८ गते बसेको सञ्चाल समिति बैठकले सभा सभा आव्हान गरेको हो । सभा हुने स्थान भने सार्वजनिक गरिएको छैन ।

कम्पनीका सेयरधनीहरुको हात यो वर्ष रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्