१९० ओटा बनाउँदा पनि पुरा भएन सांसदको लोगो, त्रुटि भएको भन्दै फेरी फिर्ता

काठमाडौं । नेपालको नयाँ नक्सासहित समेटिएको सांसदहरुको नयाँ लोगो फेरी संसद सचिवालयले फिर्ता पठाएको छ । सांसदहरुलाई वितरण गर्न बनाइएको नयाँ लोगामा त्रुटि रहेको भन्दै संसद सचिवालयले फिर्ता पठाएको छ ।
संसद सचिवालयले फेरि नयाँ लोगो बनाउन घरेलु तथा साना उद्योग कार्यालयलाई आग्रह गरेको छ । मंगलबार बसेको सभामुखसहितको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो । हालसम्म १ सय ९० ओटा लोगो फिर्ता भएको छ ।
सरकारले भारतले मिचेको लिपुलेक लिम्पुराधुरासहित नेपालको नयाँ नक्सा जारी गरेपछि नयाँ लोगो बनाउने संस्द सचिवालयलेनिर्णय गरेको थियो । नयाँ लोगोमा नेपालको नयाँ नक्सा नमिलेको भन्दै लोगो फिर्ता भएको हो ।
नयाँ बन्ने लोगोमा २ लाल सुन र १ तोला चाँदीसहित बन्ने छ । प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ रहेको छ ।