साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

मंसिर २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश बाड्ने निर्णय गरेको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने भएको हो ।

अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्