नाफा बुक गर्ने हाबि हुँदा बजारले लय लिन सकेन, कारोबार ४ अर्ब ८४ करोड « Arthapath.com
३ असार २०८२, मंगलबार

नाफा बुक गर्ने हाबि हुँदा बजारले लय लिन सकेन, कारोबार ४ अर्ब ८४ करोड



काठमाडौँ । साताको दोस्रो दिन नाफा बुक गर्नेहरुको हाबि हुँदा बजार ओरालो लागेको छ । नेप्सेमा १११ अंकको उछाल आएको दोस्रो दिन लगानीकर्ताहरु नाफा बुक गर्न सक्रिय भएका हुन्।

हिजो १११ अंकले बजार बढ्नुलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको अनुमान गरिएको थियो । राष्ट्र बैंक लचिलो भएपछि बजारमा सकारात्मक प्रभाव परेको लगानी कर्ताका अनुमान भएपनि भोलिपल्टै सेयर बजारले आफ्नो लय लिन सकेन ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ । अब ब्याजदर घट्न थालेकाले कर्जा प्रवाह हुने र यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने जानकारहरुका तर्क रहेका छन् । सेयर बजार सुधारमा पनि तरलता र घट्दो ब्याजदरले सहयोग पुर्याउने छ । मौद्रिक नीति सार्वजनिकसँगै बैंकहरुले ब्याजदर समेत घटाएको छ । यसले गर्दा बजार अब तय समाउने आंकलन गरीएको छ ।

कारोबार रकम भने आज उचाईमा पुगेको छ । केहि महिना यता १ अर्बको नजिक घुमि रहेको कारोबार रकम आज झन्डै ५ अर्ब पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४० अकंले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.२६ प्रतिशत, विकास बैंक समूहको २.०९ प्रतिशत, फाइनान्स समूहको १.३० प्रतिशत, होटल तथा पर्यटन समूहको १.४२ प्रतिशतसहित ९ उपसूचक उकालो लागेको छ ।

सोमबार सोनापुरको २५ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १६करोड ५७ लाख रुपैयाँ र सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्