सोलार फार्मले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा
काठमाडौँ । सोलार फार्म लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा होटेल माला लेकसाइड पोखरा गण्डकी नेपालमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाको मुख्य एजेण्डा आइपीओ निष्कासन हुनेछ । सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको हो ।
सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।













