सेयर बजारमा उत्साह, कारोबार १ वर्ष यता कै बढी, लगानीकर्ताको मनोबल बलियो बन्दै गएको हो ?

काठमाडौँ । लगातार सेयर बजार पाँचौ दिन समेत हरियाली भएको छ । बजार निरन्तर सुधार भइरहदा लगानीकर्ताको मनोबल समेत बढी रहेको छ । केहि दिन अघि १ अर्ब परिपरी घुम्मि रहेको कारोबार आज झण्डै ७ अर्बमा आएको छ ।
आज नेप्सेमा उच्च उतारचढाव भएको छ । आज बिक्री गर्नेहरु हाबि भएको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको थियो । तर लगानीकर्ताहरुले भूतप्रभावी करले असर आंकलन गरेका थिए । सोहि कारण पनि आज बिक्री गर्नेहरु हाबि भएको देखिन्छ ।
अन्तिममा आएर बजारमा सुधार देखिएको हो । अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोहि कारण समेत बजारमा सकारात्मक प्रभाव परेको छ । लगानीकर्ताको मनोबलले नै सेयर बजारमा ठुलो भुमिका खेल्छ । अहिले निकायमकको लचिलो नीतिले लगानीकर्ताको मनोबल समेत सुधार भइरहेको छ ।
कारोबार एक वर्ष कै बढी भएको छ । सोमबार ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि २०७९ पुष २६ गते ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको थियो । त्यस यता कारोबार सो माथि आउन सकेको थियो । आजको कारोबार त्यो दिन यता कै बढी कारोबार हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा आएको छ । आज ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएकोछ ।
सोमबार हाइड्रोपावर समूह बाहेकका १२ उपसूचकमा हरियाली लागेको छ । बजारमा आज बैंकिङ समूहको २.०५ प्रतिशत, विकास बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समूहको २.५८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२५ प्रतिशतसहित १२ उपसूचकमा हरियाली आएको हो ।

आज हिमाल दोलाखा हाइड्रोपावरको २६ करोड २६ लाख ७४ हजार रुपैयाँ, सोनापुरको २० करोड २८ लाख रुपैयाँ र सोल्टी होटलको १८ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
