पुवा खोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, आव्हान गर्यो साधारण सभा
काठमाडौँ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित पुष २६ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।












