नेप्सेमा नेपाल वेयरहाउजिङ्गको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा नेपाल वेयरहाउजिङ्गको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ६५ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता .(वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष कर्मचारीहरु समेत) मा वितरण गरेको १३ लाख ७५ हजार र संस्थापक सेयरधनीरुले लगानी गरेको ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम ९३ रुपैयाँ ४ पैसादेखि अधिकतम २७९ रुपैयाँ १२ पैसा तोकेको छ । कम्पनीको नेप्से सिम्बोल एनडब्लुसिएल रहेको छ।


प्रतिक्रिया दिनुहोस्