मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।