सर्वोत्तम सिमेन्टलाई बुक विल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गर्न अनुमति, प्रतिकित्ता मूल्य कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सर्वोत्तम सिमेन्टलाई बुक विल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गर्न अनुमति, प्रतिकित्ता मूल्य कति ?



काठमाडौँ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न भएको छ । कम्पनीले बुक विल्डिङ विधि मार्फत आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न लागेकोे हो । प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।

सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्