थप दुई कम्पनीको आइपीओ आउँदै, बोर्डमा दिए आवेदन
काठमाडौं । थप दुई कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
लाफिङ्ग बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएकोहो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
त्यस्तै रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।













