१२ हजार अमेरिकी डलर पुर्याईयो विदेशी मुद्रा सटही सुविधा

काठमाडौं । विदेशी मुद्रा सटही सुविधा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको हो ।
बिहीबार एक परिपत्र संशोधन गर्दै केन्द्रिय बैंकले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तथा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा १२ हजार अमेरिकी डलर पुर्याएको हो ।
यसअघि यस्तो सुविधा १० हजार डलरको मात्रै थियो । अब उच्च शिक्षा अध्ययनका लागि क्यानडा, अमेरिका , अष्ट्रेलिया, युरोपियन मुलुकमा जाने नेपाली विद्यार्थीहरुले १२ हजार डलरसम्म सटही सुविधा पाउने भएका हुन् ।