कुलमान घिसिङलाई सफल देखाउन सिंगो सरकार नै निरिह बन्यो: अध्यक्ष अग्रवाल « Arthapath.com
१५ पुष २०८०, आईतवार

कुलमान घिसिङलाई सफल देखाउन सिंगो सरकार नै निरिह बन्यो: अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले उद्योगीहरुलाई अपराधीको जस्तो व्यवहार गरेको बताए ।

डेडिकेटेड र ट्रंकलाइन लाइनको बारेमा जानकारी गराउन आइतबार राजधानी व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

‘यो देशमा उद्योग गर्नु भनेको अपराध हो । मैले ३५ वषैदेखि भोग्दै आएको, कदम कदम उद्योगीलाई अपराधी सरहकै व्यवहार गरिएको छ’ अध्यक्ष अग्रवालले भने ।

अहिले नेपालका ६१ उद्योगहरुले अपराध गरेको जस्तो प्रमाणित गर्न खोजिएको उनको दाबी छ । उद्योग संचालन गरि रोजगारी सृजना गर्ने र राज्य कर तिर्ने वातावरण पनि नभएको उनको भनाई छ । उनले भने,‘नेपालमै बसौं, उद्योग संचालन गरि रोजगारी बढाऔं र राज्यलाई कर तिरौं, देश विकास गरौं भन्ने वातावरण पनि छैन । उद्योगलाई अपराध गरेको जस्तो प्रमाणित गर्न खोजिँदैछ ।’

एउटा व्यक्तिको महत्वकांक्षालाई पुर्तिका लागि सरकार निरिह भएको उनले बताए । उनले भने,‘एउटा व्यक्तिको महत्त्वाकांक्षा पूर्तिका लागि, एउटा व्यक्तिको कार्यक्षमता प्रमाणित गर्नका लागि यो सरकार कति निरीह भएको छ, प्रमाण दिए हामी तिर्छौं भनिरहँदा जबरजस्ति गरेर लाइन काट्नु, प्रमाण नदिनु, प्रमाण नै छैन भन्नु, तर तिर्नैपर्छ भन्नु, यो कहाँसम्मको कुरा हो ?’ उनले कुलमान घिसिङलाई सफल देखाउन सिंगो सरकार नै निरिह भएको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्