सेयर बजार दोहोरो अकंले घट्यो, लगानीकर्ताको मनोबल कमजोर नै भएको हो ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सेयर बजार दोहोरो अकंले घट्यो, लगानीकर्ताको मनोबल कमजोर नै भएको हो ?



काठमाडौँ । पछिल्ला केहि दिन यता सेयर बजार निरन्तर ओरालो लागि रहेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता पुनः निराश बन्दै गएका छन् ।

लगानीकर्ताको मनोबल अझै माथि उठ्न सकेको छैन । लामो समय गुमाएका लगानीकर्ताले बजार थोरै बढ्दा समेत नाफा बुक गर्ने झुम्मिएको देखिन्छ । यसपटक अधिकांश कम्पनीको लाभांश दर घटेको छ भने कति कम्पनीले लाभांश नदिने समेत निर्णय गरेका छन् । सोहि कारण समेत बजार प्रभावित बनेको छ ।

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १० अर्ब रुपैयाँ तान्ने भएको हो । यसको प्रभाव समेत सेयर बजारमा देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०५ अकंले घटेर २०३०.१० बिन्दुमा बन्द भएको छ । आज सूचीृकत कम्पनीहरुको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१५ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, फाइनान्स समूहको १.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको १६ करोड ११ लाख र ह्थावे इन्भेष्टमेन्टको १५ करोड रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्