जीवन बीमा व्यापार ६१ अर्ब ७४ करोडः व्यवसायमा नेपाल लाइफकै अग्रता, शीर्ष सूचीमा नेशनल, एलआईसी र हिमालयन
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क ६१ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार मंसिर समान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्क मार्फत ५० अर्ब ७७ करोड ३८ लाख ८८ हजार रुपैयाँ र प्रथम बीमा शुल्क मार्फत १० अर्ब ९७ करोड ४२ रुपैयाँ संकलन गरेको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा सबै भन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायमै राखेको छ । मंसिर समान्तसम्ममा १६ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब १६ करोड २३ लाख रुपैयाँ, तेस्रो स्थानमा एलआइसी इन्स्योरेन्सले ६ अर्ब ९२ करोड १ लाख रुपैयाँ, चौथो स्थानमा हिमालयन लाइफले ६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ र पाँचौ स्थानमा राष्ट्रिय बीमा सस्थानले ४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
साथै, कुल बीमा शुल्क आर्जन गर्नेमा क्रमशः सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एशियन लाइफले ३ अर्ब २ करोड ४५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ, सटिजन लाइफले २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब १९ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड ६० लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ रहेको छ ।