नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकृत, सोमबारदेखि कारोबारमा आउने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकृत, सोमबारदेखि कारोबारमा आउने



काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १० करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको ३ करोड कित्ता र संस्थापक लगानीकर्तालाई वितरण गरेको ७ करोड कित्ता सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसा तोकेको छ । कम्पनीको नेप्से सिम्बोल एचआरएल रहेको छ । अब कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्