सरकारले भदौ १६ देखि शर्तसहित हवाई उडान गर्न दिने

काठमाडौं । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।
कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रू ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।