सरकारले भन्याे काेराेना उपचार तथा व्यवस्थापनमा १२ अर्ब सकियाे « Arthapath.com
६ भाद्र २०७७, शनिबार

सरकारले भन्याे काेराेना उपचार तथा व्यवस्थापनमा १२ अर्ब सकियाे



काठमाडाैं । सरकारले काेराेना भाइरस रोकथाम र उपचारमा १२ अर्ब सकिएकाे जनाएकाे छ । हालसम्म सङ्घ, प्रदेश र स्थानीय गरी तिनतहकाे सरकारबाट काेराेना नियन्त्रण राहामासमेतगरी १२ अर्ब खर्च भएको जनाएकाे छ ।

मन्त्रिपरिषद्को भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्दैै सूचना तथा संचारप्रविधि मन्त्रालयकाे जिम्मेवारीमा रहेका अर्थमन्त्री सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो १२ अर्ब खर्च भएकाे बताए ।

साउन मसान्तसम्म तीनै तहबाट ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको बताईएकाे छ । सरकारले सो रकम अाैषधी, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन र अन्य शीर्षकमा चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ । सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।

साथै सरकारले स्थापना गरेकाे कोरोना रोकथाम र उपचार कोषमा हालसम्म विभिन्न संस्थाबाट २ अर्ब ७५ करोड जम्मा भएको अर्थमन्त्री डा. खतिवडाले बताए ।


प्रतिक्रिया दिनुहोस्