ब्याजदर घट्दा सेयर बजारमा रौनक, मख्ख बन्दै लगानीकर्ता, उच्च बिन्दुमा पुग्ने संकेत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ब्याजदर घट्दा सेयर बजारमा रौनक, मख्ख बन्दै लगानीकर्ता, उच्च बिन्दुमा पुग्ने संकेत



काठमाडौँ । साताको सुरुवात मै सेयर बजारमा रौनक आएको छ । अधिकांश बैंकहरुले माघमा लागु हुने गरी ब्याजदर घटाएसँगै सेयर बजारमा उत्साहको माहोल बनेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । बैंकहरुले समेत ब्याजदर घटाउने आशाले लगानीकर्ता मख्ख भएका छन् ।

पुस मसान्तमा सकिएको छ । यो बेला व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । अब माघ लागेसँगै बजारमा रौनक देखा पर्ने लगानीकर्ताको विश्वास रहेको छ ।

नियामक समेत सेयर बजारलाई बाधा गर्ने नीति खुकुलो बनाउदै लैजान थाले पनि बजारमा सुधार देखा परी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार ११ उपसूचकमा हरियाली लागेको छ । आज बैंकिङ समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको १.२४ प्रतिशत, फाइनान्स समूहको १.५५ प्रतिशतले सेयर मुल्य बढेको हो ।

आज नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँ र सोनापुरको २४ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्