खुलेकाे ४ दिनमै लिवर्टिको इनर्जीकाे आइपीओमा २ गुणा बढीकाे आवेदन « Arthapath.com
१९ असार २०८२, बिहीबार

खुलेकाे ४ दिनमै लिवर्टिको इनर्जीकाे आइपीओमा २ गुणा बढीकाे आवेदन



काठमाडौं । लिवर्टि इनर्जीकाे आइपीओमा २ गुण आवेदन परेका छन् । आईतबार साँझ ५ बजे सम्ममा २ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको सञ्चालक राम पाण्डेयले जानकारी दिए ।

कम्पनीको आइपीओमा १ लाख ९१ हजार ४७ वटा आवेदनबाट ७३ लाख १७ हजार ७०० कित्ता शेयर खरिदको लागि आवेदन परेको सञ्चालक पाण्डेयले बताए । यो सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको २.०५ गुणा धेरै हो ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस्