१० श्रावण २०८३, आइतबार

नागरिक लगानी कोषले कमायो ५४ करोड ६० लाख नाफा: ब्याज आम्दानी पनि बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?



काठमाडौं । नागरिक लगानी कोषको ६ महिनामा साढे ५४ करोड बढी खुद नाफा कमाएको छ । कोषले प्रकाशित गरेको चालु आर्थिक वर्षकोे दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कोषको खुद नाफा ६.३८ प्रतिशत बढेर ५४ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषले गत आवको दोस्रो त्रैमासमा पनि ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी र सेवा तथा कमिसन आम्दानी पनि बढेको छ । जसले खुद नाफा बढ्न टेवा पुगेको हो । समिक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेर २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यता, सेवा तथा कमिसन आम्दानी पनि १२.४२ प्रतिशत बढेर ६८ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कोषको कुल आम्दानी ९२ करोड ५६ लाख र कुल कर्जा १९ करोड ६५ लाख रुपैयाँ छ । कोषको कुल आम्दानी गत वर्षको तुलनामा १०.९५ प्रतिशत र खर्च ३१.०२ प्रतिशत बढेको हो । समिक्षा अवधिमा कोषको लगानी १४.२७ प्रतिशत बढेर २ खर्ब ३५ अर्ब ५ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ छ । यस्तै, जगेडा कोषको आकार पनि ५९.१९ प्रतिशत बढेर २४ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ पुगेको छ । हाल कोषको प्रतिसेयर आम्दानी (इपिएस) २० रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्