नेकपाको महाधिवेसन चैत्रमा गर्ने प्रश्ताव, कार्यदलको प्रतिवेदनमाथी ओली–प्रचण्ड छलफल सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) भित्र रहेको समस्या समाधान गर्नका लागि गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भईरहेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डविच सोमबार बालुवाटारमा छलफल भइरहेको छ ।
कार्यदलले निषेधाज्ञा सकिएलगत्तै स्थायी कमिटीको बैठक राख्ने, आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने, महाधिवेशनपूर्व गरिनुपर्ने सदस्यता वितरण, दस्तावेजीकरण लगायतका विषयहरुको तयारीका लागि असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने लगायतका सुझाव पेश गरिएको थियो ।
त्यस्तै कार्यदलले पार्टी एकताको भावना अनुसार आगामी महाधिवेशन सहमतिमा आधारमा नेतृत्व चयन गर्ने प्रश्ताव छ । महाधिवेसनमा निर्वाचनमा नभएर ‘भागवण्डा’का आधारमा हुने भनिएको छ ।
पार्टीमा २ अध्यक्षविच विवाद बढेपछि नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका सदस्यहरुमा ओलीको तर्फबाट महासचिव पौडेल र शंकर पोखरेल, प्रचण्डको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल भने माधव नेपालको तर्फबाट सुरेन्द्र पाण्डे र भीम रावल कार्यदलमा थिए ।