१६ श्रावण २०८३, शनिबार

नयाँ सरकारमा एमालेबाट एक राज्यमन्त्रीसहित आठ मन्त्री बन्ने



काठमाडौं । नयाँ सत्ता समीकरणमा नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित आठ मन्त्री बन्ने भएका छन् । सरकारको नेतृत्व एमाले पार्टी सचिव रघुविर महासेठले गर्ने भएका छन् ।

नयाँ सरकारमा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित नेतृत्वमा जाने भएको हो । हालसम्म एमालेले महासेठ र पदम गिरीको नाम मात्रै टुंगाएको छ । तर, कुन मन्त्रालयमा जाने भने अझै टुंगिएको छैन ।