चैत २७ गते ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा, के-के छन् एजेन्डा ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको एकैपटक दुई आर्थिक वर्षको साधारण सभा बस्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७८०/७९ र २०७९/८० को वार्षिक साधारण सभा गर्न लागेको हो । बैंकले आगामी चैत २७ गते साधारण सभा बोलाएको छ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । बैंकले आफ्ना सेयरधनीलाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा दुई आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित हुनेछ । यस्तै, सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ ।