प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा « Arthapath.com
९ असार २०८२, सोमबार

प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा



काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।

बैंकले आगामी बैशाख २० गते, बिहीबार साधारण सभा बोलाएको हो । सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेछ । यस्तै, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले बैशाख ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्