८ श्रावण २०८३, शुक्रबार

शतप्रतिशत बढ्यो सिद्धार्थ प्रिमियरको नाफा, व्यापारमा पनि आकर्षक वृद्धि



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद नाफा शतप्रतिशत वृद्धि भएको छ । कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले कुल ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा १०९.६५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १३८.५६ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८६ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीको यस्तो बीमा शुल्क ५५ करोड ६९ लाख ५८ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीको कुल आम्दानी पनि शतप्रतिशत नै बढेको छ । गत वर्षको चैत मसान्तसम्ममा कमपनीले १ अर्ब ६ करोड ६२ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने कम्पनीले २ अर्ब १५ करोड ६१ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । यता, कुल खर्च पनि ९६.२९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३१ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीले कुल ६६ करोड २५ लाख ३७ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । यो गत वर्षको तुलनामा ९३.०९ प्रतिशत बढी हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५० करोड र महाविपत्ति कोषमा भने १६करोड ७४ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ६९ पैसा बढेर २८ रुपैयाँ ३७ पैसा पुगेको छ । यता कम्पनीको प्रतिसेयर नेटवर्थ भने २५४ रुपैयाँ ५९ पैसा कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्