२४ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको सो बराबरको रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १९ करोड २० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ६० लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
उक्त लगानी रकम आउँदो जेठ २ गतेदेखि २०८२ जेठ ४ गतेसम्म ३६६ दिनको मुद्दति निक्षेपको रुपमा रहने बैंकले छ ।सो रकम मुद्दति निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।
ब्याजदर प्रस्ताव आगामी जेठ २४ गत राती १२ बजेभित्र पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।
