लाभांश प्रस्ताव पारित गर्न आइएमई लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी जेठ २८ गते वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुबाट गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।













