अब बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बेच्न पाउने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरूले एक आर्थिक वर्ष व्यतीत भएपछि प्राथमिक पुँजी (कोर क्यापिटल) को २० प्रतिशतसम्म सेयर बेच्न पाउने भएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।