सेयर धितो कर्जा १६.२४ प्रतिशतले बढ्यो : नबिलको सबैभन्दा बढी, कुन बैंकको लगानी कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

सेयर धितो कर्जा १६.२४ प्रतिशतले बढ्यो : नबिलको सबैभन्दा बढी, कुन बैंकको लगानी कति ?



काठमाडौं । बैंकहरूले मार्जिन प्रकृति अर्थात् सेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले मार्जिन प्रकृतिका कर्जा १६.२४ प्रतिशतले बढाएका छन्  ।

चालु आर्थिक वर्षको ९ महिनामा साढे ६७ अर्ब रुपैयाँ  सेयर धितो कर्जा लगानी गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकहरूले ६७ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ लगानी गरेका हुन् ।

बैंकहरूले गत वर्षको सोही अवधिको तुलनामा सेयर धितो कर्जा गत आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूले सेयर धितो राखेर ५८ अर्ब ८ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

१६ बैंकहरूले सेयर कर्जामा लगानी बढाएका छन् भने ४ बैंकले घटाएका छन् ।

एक वर्षको अवधिमा नेपाल एसबिआई बैंकले सर्वाधिक ४६६.३५ प्रतिशतले सेयर धितो कर्जाको लगानी विस्तार गरेको छ ।

त्यसैगरी, एनआईसी एशिया बैंकले पनि सेयर कर्जाको लगानी २६६.९३ प्रतिशतले बढाएको छ ।

चैत मसान्तसम्म सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकले गरेको छ । नबिलले चैतसम्म कुल ११ अर्ब ६१ करोड ३६  लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा आफ्नो लगानी ४४.२९ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले सेयर धितो कर्जामा ८ अर्ब ८ करोड ८३ लाख रुपैयाँ लगानी गरेको थियो ।

ग्लोबल आइएमईले ६ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले सेयर धितो कर्जाको लगानी १०.१७ प्रतिशतले बढाएको छ । त्यस्तै, सिद्धार्थ बैंकले ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेको छ । सिद्धार्थले यस्तो कर्जा ४५.२३ प्रतिशतले बढाएको छ ।

नेपाल बैंकले ५ अर्ब ४४ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । नेपाल बैंकले सेयर धितो कर्जामा ४८.७ प्रतिशतले लगानी बढाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म सिटिजन्सले ४ अर्ब ४३ करोड, एनआईसी एसियाले ४ अर्ब १७ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १६ करोड, प्राइम कमर्सियलले ४ अर्ब १४ करोड, कुमारीले ४ अर्ब, लक्ष्मी सनराइजले ३ अर्ब २४ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् ।

यस्तै, प्रभुले ३ अर्ब २१ करोड, हिमालयनले २ अर्ब १३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब, सानिमाले १ अर्ब ६२ करोड, कृषि विकासले १ अर्ब २८ करोड, एनएमबिले ८९ करोड, माछापुच्छ्रेले ४९ करोड र नेपाल एसबिआई बैंकले १२ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् ।

कुन बैंकको कति ?


प्रतिक्रिया दिनुहोस्