माओबादी सरकारले नुवाकोटलाई गर्यो ‘बाइ–कट’, छहरे–टोखा सुरुङ बजेटबाटै गायब !
काठमाडौँ । निर्माण थालेको करीब ६ महिनामै ‘ब्रेक–थ्रु’ हुने गरी अघि बढेको छहरे–टोखा सुरुङ मार्ग यो वर्षको बजेटबाटै गायब भएको छ ।
नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङ संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएकै बेला यो सुरुङ बजेटबाट हटेको हो ।
निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको विशेष पहलका गत साल उक्त आयोजनाका लागि १ अर्ब बजेट विनियोजन भएको थियो । महतले आफ्नोे कार्यकालको अन्त्यतिर उक्त आयोजना अघि बढाउने सुनिश्चितता दिलाएका थिए ।
उनले व्यक्तिगत पहलमै सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को कार्य अघि बढाउन लगाएका थिए ।
यो पनि पढ्नुहोस् :
३.३ देखि ४.२ किलोमिटरसम्मका तीन वटा प्रस्थान विन्दुहरुको पहिचान गरी तुलनात्मक अध्ययन गर्ने कार्य महतले अघि बढाएका थिए ।
तर सोही आयोजना आफ्नो निर्वाचन क्षेत्रमा भए पनि मन्त्री तामाङले यसलाई बजेटमा समेट्न सकेनन् । मंगलबार संसदमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट बक्तव्यमा तराई–मधेश द्रुतमार्ग र नागढुंगा तथा सिद्धबाबाका सुरुङ मार्गहरुको जिकिर गरिएको छ ।
यो पनि पढ्नुहोस् :
तर वर्षौँदेखि बजेटले उल्लेख गर्दै आएको छहरे–टोखा सुरुङ भने यो सूचीबाटै गायब भएको हो ।
यस्तो छ बजेटमा सुरुङसम्बन्धी व्यवस्था :

सुरुङमार्ग मात्रै होइन, बजेटले नुवाकोटको विकासमा कुनै पनि ठोस कार्यक्रम उल्लेख गरेको छैन । मूलतः पश्चिम नेपालमा पूर्वाधार आयोजनाहरुको विकास गर्ने र गण्डकी प्रदेशलाई चितवनसँग जोडेर त्रिकोणात्मक विकास गर्ने कुरा गरेको छ ।
गत साल नुवाकोटमा बढी बजेट पारेको भनेर आफ्नै दल र सत्ता साझेदार पार्टीबाट ठूलो विरोध खेपेका पूर्वमन्त्री महतले भने नयाँ बजेटले कुनै ‘खास कार्यक्रम’ नल्याएको टिप्पणी दिएका छन् ।
नयाँ बजेटले ‘नुवाकोट’ भनेर केवल १ ठाउँमा उल्लेख गरेको छ । त्यो बूँदामा सेरामा बनिरहेको केन्द्रिय ‘कारागार सञ्चालन गर्ने’ उल्लेख छ ।
देशभरका कैदी ल्याएर थुपार्ने झ्यालखाना बाहेक नुवाकोटमा संघीय सरकारले कुनै उल्लेखनीय योजना दिन नचाहेको यसबाट देखिन्छ ।
यो पनि पढ्नुहोस् :













