८ श्रावण २०८३, शुक्रबार

कृषि बीमाको रोकिएको पैसा कम्पनीले पाउने भए, पोलिसी जारी राख्न जुट्यो सहमति



काठमाडौँ । बीमा कम्पनीहरुले सरकारी नीति र योजनालाई सघाउन भन्दै उधारोमा गरेको कृषि बीमाको प्रिमियम भुक्तानी पाउने भएका छन् । निर्जीवन बीमा कम्पनीले लामो समयदेखि कृषि बीमाको भुक्तानी पाउन सकेका थिएनन् ।

करीब २ अर्ब रुपैयाँ रोकिएको भुक्तानी दिन सरकार सहमत भएको नेपाल बीमक संघका पदाधिकारीले जानकारी दिएका छन् । भुक्तानी दिन सरकार तयार भएसँगै यस अघि रोकिएको कृषि बीमा कार्यक्रमलाई पनि पुनः सुरु गर्न कम्पनीहरु तयार भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहको अध्यक्षतामा विहीबार मन्त्रालयमा बैठक बसेको थियो । मन्त्रालयका उच्च अधिकारीका साथै नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघका पदाधिकारीहरु बैठकमा सहभागि थिए । उक्त बैठकमा अब छिट्टै कृषि बीमा सुचारु गर्ने सहमति जुटेको हो ।

बैठकमा सरकारले तुरुन्तै ९७ करोड रुपैयाँ भुक्तानी गर्ने र बाँकी १ अर्ब पनि चालु आर्थिक वर्षको अन्त्यसम्म भुक्तानी दिइसक्ने समझदारी भएको छ । कम्पनीहरुले पोहोर सालकै बीमाको अनुदान रकम सरकारसँग पाउन सकेका थिएनन् । त्यसै कारण गन चैतबाट अनुदानमा आधारित कृषि बीमा पोलिसी जारी गर्नै बन्द गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्