वैशाखमा घट्यो सेयर धितो कर्जा : सानिमा र एसबिआईको लगानी शून्य, अन्य बैंकको कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

वैशाखमा घट्यो सेयर धितो कर्जा : सानिमा र एसबिआईको लगानी शून्य, अन्य बैंकको कति ?



काठमाडौं । बैंकहरूले वैशाख महिनामा मार्जिन प्रकृति अर्थात् सेयर धितो कर्जामा गर्ने लगानी घटाएका छन् । एक महिनाको अवधिमा वाणिज्य बैंकहरूको मार्जिन प्रकृतिका कर्जा १७ करोड ८९ लाख रुपैयाँले घटेको छ ।

२०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरू सेयर धितो कर्जामा ६७ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । वैशाख मसान्तसम्म यस्तो कर्जा ०.३ प्रतिशतले घटेर ६७ अर्ब २४ करोड ५९ रुपैयाँमा खुम्चिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १९ वाणिज्य बैंकहरूले सेयर धितो राखेर ६७ अर्ब २४ करोड ५९ रुपैयाँ सेयर धितो कर्जा कर्जा प्रवाह गरेका छन् ।

अधिकांश बैंकले घटाए
वैशाखमा अधिकांश बैंकहरूले सेयर धितो कर्जा घटाएका छन् । नबिलसहित १२ वाणिज्य बैंकहरूले यस्तो कर्जा घटाएका हुन् ।

प्रभु बैंकको सर्वाधिक ८.१ प्रतिशतले घटेको छ । कर्जा घटाउने अन्य बैंकहरूमा कुमारी, माछापुच्छ्रे , एभरेष्ट, इन्भेष्टमेन्ट मेगा, हिमालयन, एनआईसी एशिया, नबिल, प्राइम र राष्ट्रिय वाणिज्य बैंक छन् ।

पाँच बैंकको बढ्दा २ बैंकको लगानी शून्य

एक महिनाको अवधिमा नेपाल बैंकले सर्वाधिक कर्जा विस्तार गरेको छ । यो बैंकले एक महिनामा बैंकले कर्जा विस्तारलाई अघिल्लो महिनाको तुलनामा ६.३ प्रतिशतले विस्तार गरेको छ ।

त्यस्तै सिटिजन्सले २.७, कृषि विकास बैंकले २.६ , लक्ष्मी सनराइजले २.१, सिद्धार्थले १.४ र ग्लोबल आईएमईले १.७ प्रतिशतले सेयर धितो कर्जा बढाएका छन् ।

सानिमा र नेपाल एसबिआई बैंकले भने बैशाखमा सेयर धितो कर्जामा लगानी नै गरेका छैनन् ।

नबिलको धेरै
चालु आर्थिक वर्षको १० महिनामा नबिल बैंक एक्लैले ११ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । यता दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमईले नबिलको आधा अर्थात् ६ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ मात्र लगानी गरेको छ ।

नेपाल बैंक र सिद्धार्थ बैंकको लगानी ५ अर्ब माथि छ । सिटिजन्स, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र प्राइम बैंकको लगानी ४ अर्बभन्दा बढी छ ।

२ वटा बैंकको लगानी ३ अर्बभन्दा माथि हुँदा ३ वटा बैंकको २ अर्ब माथि छ । २ वटा बैंकको लगानी १ अर्बभन्दा माथि छ । ३ बैंकको लगानी भने १ अर्बभन्दा तल छ ।

कुन बैंकको कति ?


प्रतिक्रिया दिनुहोस्