साधना र सबैको लघुवित्त मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति, चुक्ता पुँजी ७० करोड बढी

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन अन्तिम स्वीकृति पाएका छन् । यी दुई कम्पनीलाई मर्ज भई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।
दुई लघुवित्त समान हैसियत अर्थात १ः१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । राष्ट्र बैंकले दुई लघुवित्त मर्ज भई साधना लघुवित्तको नामबाट एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो ।
दुई लघुवित्त बीच वैशाख १२ गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत भदौ १५ गते प्रारम्भिक सम्झौता गरेका थिए । मर्जरपछि एकीकृत चुक्ता पूँजी ७० करोड ८ लाख रुपैयाँ पुग्नेछ ।