असारमा अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । अधिकांश बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन्।
बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ । जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ ।
यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औसत ब्याजदर ०.१४ प्रतिशतले घटेर ५.६५ प्रतिशत कायम भएको छ । जेठ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.७९ प्रतिशत थियो ।
असार महिनामा ११ वटा बैंकले ब्याजदर घटाएका छन् । ३ वटा बैंकले मात्रै ब्याजदर बढाउँदा ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।
कुन-कुन बैंकले घटाए ?
एनआईसी एशिया बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.८०० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.८०० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
कुमारी बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ क्रमशः ७.०६ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एभरेष्ट बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.५० प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
एनएमबी बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.८० प्रतिशत र संस्थागततर्फ ६.८० प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८ प्रतिशत र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन जेठ महिना ६.९ र ५.९ प्रतिशत कायम रहेको थियो ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बेंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षपमा क्रमशः अधिकतम ७ र ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल एसबीआई बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३ प्रतिशत र संस्थागततर्फ ५.३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३९ प्रतिशत र संस्थागततर्फ ५.३९ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
लक्ष्मी सनराइज बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।
ग्लोबल आइएमई बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिएको थियो ।
कुनको बढ्यो ?
असार महिनाका लागि नबिल बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
हिमालयन बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।
असार महिनाका लागि बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदरको व्यस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
यता नेपाल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
नेपाल बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि पनि बैंकको व्यक्तिगत र संस्थागतर्फको अधिकतम ब्याजदर यहि नै कायम थियो ।
प्रभु बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले असार महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लगि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
सिद्धार्थ बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।