नगारिक लगानी कोषले गर्यो लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । नगारिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको आम्दानी बाँडफाँट हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।













